Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गोरखामा ताल फुट्यो, पुल बगायो

Citizenlife ad 2082 falgun to baishak 2083

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा पुल पनि बाढीले बगाएको चुमनुब्री गाउँपालिकाकाले जानकारी दिएको छ ।

ताल रहेको क्षेत्र चुमनुब्री–१ सामागाउँबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने पाठकले बताए। सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर पुगेको छ ।

Health Tips Ad Road Block