skip this News Page Tips Ad Road Block

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो ३२औँ वार्षिक साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिले असार ३१ गते, बुधबार बिहान १०ः३० बजे अमरपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रा.लि., बालुवाटार, काठमाडौँमा सभा बस्ने निर्णय गरेको हो ।

सभाको विशेष प्रस्ताव अन्तर्गत शेयरधनीहरूका लागि लाभांश वितरणको मुख्य प्रस्ताव रहेको छ । इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर जारी गर्ने र सोको कर प्रयोजनार्थ ०.२२५६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गर्ने कायृक्रम रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । तसर्थ, असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नियमानुसार कम्पनीको शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सकनेछन् ।

Health Tips Ad Road Block