Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुरुङमा प्रचण्ड, विस्फोटक पदार्थमार्फत नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निर्माण थालेको ५३ महिनापछि २०८० वैशाख ३ गते सोमबार ‘ब्रेक थ्रु’ गरिएको नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा छिचोलिएको सुरुङको निर्माण कार्य भने जारी नै रहेको छ। प्रधानमन्त्री दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाका अनुसार सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्नेछ ।

सूरुङको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा काठमाडौंतर्फबाट सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र सुरुङको निर्माण सक्ने लक्ष्य लिइएको थियो । स्थानीयको अबरोध र कोभिडका कारण तोकेको समयमा काम सक्न गाह्रो भएको आयोजनाको भनाइ छ ।

मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । ‘ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ भने लफइओभर निर्माण धमाधम भइरहेको छ । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किलोमिटर दुई लेन सडक कालोपत्र हुँदै छ । सुरुङमार्ग पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले प्रयोग गर्न नपाउने जनाइएको छ । सुरुङमार्गको निगरानी सीसीक्यामराबाट गरिनेछ ।

 

Health Tips Ad Road Block