ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भोलि ब्रिलियन्ट एजुकेशनले विदेश पढ्न जान चाहनेका लागि ‘एड्मिशन डे’ गर्दै, १०० प्रतिशत छात्रवृतिको सुवर्ण अवसर

के–के छन् आकर्षणहरु ? जान्नुहोस् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विगत लामो समयदेखि विदेश पढ्न जाने विद्यार्थीहरुको चाहनाअनुरुप सही गन्तव्यको लागि परामर्श दिंदै आएको ब्रिलियन्ट एजुकेशन करिअर सर्भिसेसले भोलि भदौ ४ गते अर्थात् अगस्ट २० का दिन विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एड्मिसन डे’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाले पुतलीसडक(नबिल बैंकको अगाडि) स्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजे देखि ‘एड्मिसन डे’ आयोजना गर्न लागेको हो ।

ब्रिलियन्ट एजुकेशनका अनुसार ‘एड्मिसन डे’मा विद्यार्थीहरुले विभिन्न मुलुकका १० भन्दा बढी ख्यातीप्राप्त विश्वविद्यालय एवं कलेजका प्रतिनिधिसँग एउटै छानामुनि भेट्ने अवसर पाउनेछन् । ‘शिक्षा सबैको लागि, पहिलो देश अनि विदेश’ भन्ने नारा लिएर अगाडि बढेको संस्थाले विदेश पढ्न जान चाहनेहरुका लागि यो उत्कृष्ट अवसर भएको र यसलाई नगुमाउन भनेको छ ।

एजुकेशनका संस्थापक राजेन्द्र बरालले ‘एजुकेशन डे’ मा विदेश पढ्न जान चाहने विद्यार्थीहरुले जान चाहेको गन्तव्य देशका कानुनी प्रावधान, त्यहाँको शैक्षिक प्रणाली, आफूले पढ्न चाहेको कोर्सहरु, विश्वविद्यालय र करिअर निर्माणको लागि सबै आवश्यक जानकारी लिन सकिने बताएका छन् ।

एजुकेशनकी निर्देशक कल्पना बस्नेतका अनुसार संस्थाले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई सही गन्तव्यको लागि परामर्श दिँदै आएको र यो एक उत्कृष्ट अवसर भएको बताइन् । यो ‘एड्मिशन डे’ विदेश पढ्न जान चाहने विद्यार्थीहरुले एकै छानामुनिबाट आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्नका लागि आवश्यक सबै सूचना लिने र विश्वविद्यालय छनोट गर्ने उत्कृष्ट प्लेटफर्म हाे, निर्देशक बस्नेतले भनेकी छन् ।

एजुकेशनका अनुसार ‘एड्मिशन डे’ का आकर्षणहरुः

✅ On-the-spot admission / तत्कालै भर्ना ।
✅ One-to-one counselling / व्यक्तिगत एक–एक काउन्सिलिङ ।
✅ Meet representatives from 10+ universities directly / १० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट ।
✅ Up to 100% scholarship / १००% सम्म छात्रवृत्ति ।
✅ Special gift hampers / विशेष उपहार ह्याम्पर ।

एजुकेशनले यो सुवर्ण अवसरलाई नगुमाउन आग्रह गर्दै आवश्यक जानकारीका लागि ०१–५३४४५२० मा सम्पर्क गर्न र अहिल्यै दर्ता गर्नका लागि पनि अनुरोध गरेको छ ।

Health Tips Ad Road Block