कास्की । पोखरा महानगर क्षेत्रमा २० हजार १०६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु रहेको तथ्याँक महानगरसँग रहेको छ । महानगर क्षेत्रमा बसोबास गरिरहेका २० हजार १०६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि समस्या समाधान समितिको समन्वयमा क्रमशः व्यवस्थापन गरिने महानगरले जनाएको छ ।
महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउने कार्यमा स्थानीय प्रशासनको सहयोग तथा समन्वयमा विशेष अभियान सञ्चालन गरिने बताएको छ ।
सार्वजनिक जग्गाको अभिलेख सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइने जनएको छ ।
महानगरले पहिलो चरणमा फिर्केखोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचनाहरू हटाउँदा विस्थापित भएकाहरूलाई व्यवस्थापन गर्ने भएको छ ।




















