ललितपुर । फुटवेयर पारखीहरुका लागि ललितपुरको इमाडोल कृष्ण मन्दिर अगाडिको फुटवेयर एक्स्पो यतिबेला आकर्षणको केन्द्र बनेको छ । वैशाख र जेठ महिना फुटवेयर पारखीहरुका लागि ललितपुरको युएन पार्क भरिभराउको आकर्षको केन्द्र बनेसँगै बिएफ डियर हिल सुजले आफ्नो उत्पादनको प्रवद्र्धन र गुणस्तरको प्रदर्शन इमाडोलमा गरिरहेको हाे । आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर वैशाख २० देखि जेठ अन्तिमसम्म गरिएको पहिलो मेलाको सफलतापछि इमाडोलको दोस्रो एक्स्पोले हजारौं उपभोक्ताको मन जितेकाे छ ।
उपभोक्ताको विश्वास जित्दै गएको इमाडोलको फुटवेयर एक्स्पो भव्यरुपमा जारी
साँच्चै त्यहाँ पुगेर हेर्दा लाग्छ फुटवेयर पारखीहरुका लागि अर्काे आकर्षको केन्द्र बनेको छ ललितपुरको इमाडोल । महालक्ष्मीस्थान नगरपालिकाभित्र कृष्ण मन्दिर रोड, स्टार फुड बैंक्वेटको ठ्याक्कै अगाडि अहिले फुटवेयर पारखीहरुको भिड लागिरहेको छ । नेपाली बजारमा २५ वर्षको लामो यात्रा गरिसकेको बेस फुटवेयर प्रालि अन्तर्गतको बिएफ डियर हिल सुजको मेलामा उपभोक्ताको भिड लागेको हो । सडक छेउमै रहेको फुटवेयर एक्स्पोमा बजिरहेको गीत सुन्दै मानिसहरु भित्र प्रवेश गर्दछन् र आफूलाई मन परेको गुणस्तरीय जुत्ता किनिरहेका छन् त्यो पनि १५ देखि ५० प्रतिशतसम्म छुटमा ।
साउन १५ गतेबाट पूर्णरुपमा सञ्चालनमा आएको मेलामा त्यसको दुई दिन अगावै तयारीकाक्रममा नै उपभोक्ताको भिड लागेर जुत्ता किन्नेक्रम सुरु भएको थियाे । त्यसयता एक्स्पो हरेक दिन बिहान ९ बजे खुल्ने र बेलुका ८ बजेसम्म सञ्चालन हुने काम भइरहेको छ । मेला आगामी दशैंको फूलपातीको दिनसम्म निरन्तर सञ्चालनमा रहनेछ ।
दशैं, तिहार लक्षित इमाडोल एक्स्पोमा एकै छानामुनी भेराइटी र विशेष छुट
यहाँ मूल्यको मात्रै कुरा छैन गुणस्तर पनि उत्तिकै पस्किएको छ कम्पनीले । बिएफ डियर हिल सुजका संस्थापक एवं बेस फुटवेर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय भन्छन्, ‘ आगामी दशैं, तिहार, छठ लगायत चाडबाडलाई लक्षित गरी ललितपुरकै इमाडोल कृष्ण मन्दिर अगाडि प्रवद्र्र्धन मेला आयोजना गरेका छौं । यसमा उपभोक्तालाई आफ्ना उत्पादनहरू जानकारी गराउने, गुणस्तरको बारेमा जानकारी गराउने र धेरैभन्दा धेरै उपभोक्तालाई आफ्ना उत्पादन प्रयोग गर्ने बानी बसाउने उद्देश्य छ । यसका साथै १५ देखि ५० प्रतिशतसम्म छुटमा हाम्रा सबै किसिमका उत्पादनहरु यहाँ प्रदर्शनीसँगै बिक्रीका लागि राखिएका छन् । स्पोट्र्स सुज, क्याजुअल सुज, पार्टी सुज, लेडिज स्यान्डिल, स्कुल सुज लगायत सम्पूर्ण तह र तप्काका व्यक्तिहरूलाई हुनेगरी हाम्रो आफ्नो सम्पूर्ण उत्पादनहरू एक्स्पोमा राखिएका छन् ।’

२५ औँ वार्षिकोत्सवको अवसरमा बिएफ डियरको निरन्तरको गुणस्तरीय नेपाली फुवेयर प्रदर्शनी
बिएफ डियर हिल सुजको पच्चिसौँ वार्षिकउत्सवको उपलक्ष्यमा यो वर्षभरि नै विभिन्न कार्यक्रमहरू गर्ने, उत्पादनहरूको प्रवद्र्धन गर्ने र ब्रान्डिङ गर्ने उद्देश्यका साथ गत वैशाख–जेठ महिनामा ललितपुरको ज्वागलको युएन पार्क ग्राउन्डमा ४० दिन मेला आयोजना गरिएको र अहिले इमाडोलमा मेला गरिएको हो ।
इमाडोलमा जारी एक्स्पोमा ४०० रुपैयाँको जुत्तादेखि अफरमा १५०० को दुई जोर, २५००, ३ हजार, ३५ सय सम्मका गुणस्तरीय जुत्ताहरू उपलब्ध छन् । ३०० मूल्य पर्नेसम्मका चप्पलहरू पनि प्रदर्शनीमा रहेको कम्पनीले जनाएको छ । संस्थापक उपाध्याय भन्छन्, ‘सबै किसिमका भेराइटीहरू हामीले दिएका छौं र विशेष गरेर सबै उत्पादनमा छुट दिएको छ । २०८१/८२ को नयाँ आर्थिक वर्षको सुरुवात र चाडबाड नजिकिँदै गरेको अवस्थामा उत्पादन गरिएका नयाँ उत्पादनहरू बिक्रीका लागि एक्स्पोमा राखिएको छ । साउन १५ देखि एक्स्पो सञ्चालनमा आएको हो र दुई दिन अगाडिदेखि तयारी गरिएको थियो । तयारीको बीचबाट नै बिक्री वितरण सुरु भयो ।’
बेच्नेमात्रै होइन उचित मूल्यमा नेपाली उत्पादनमार्फत उपभोक्ताको विश्वास जित्ने मुख्य चाहना
एक्स्पोमार्फत हरेक उपभोक्ताले बिएफ डियर हिल जुत्ता प्रयोग गरेपछि त्यसको गुणस्तर सँगसँगै त्यसको उचित मूल्यमा उपलब्ध गराउने कम्पनीको भनाइ रहेको छ । मुख्यतः नेपाली उत्पादन, उचित मूल्य र गुणस्तरमा उपभोक्तालाई लगाउने बानी बसाल्ने सोच रहेको छ । संस्थापक उपाध्याय भन्छन्, ‘उदाहरणकोरुपमा खाद्यपदार्थ उत्पादन गर्नेहरूले फ्रिमा टेस्ट गराउँछन् । हामीहरूको लागत बढी पर्ने हुनाले फ्रीमा लगाउन दिन त सकिँदैन तर विशेष छुट दिएर उपभोक्तालाई आफ्नो उत्पादनको बारेमा जानकारी गराउने र यी जुत्ताहरू प्रयोग गर्न बानी बसाल्नका लागि लागेका छौं । उपभोक्ताले लगाएर बानी पारेपछि फलानो मेलामा डियर हिल सुज किनेको यतिसम्म बलियो रहेछ, यति समयसम्म चल्यो भनेर आफैं भनुन् । मूल्यअनुसारको गुणस्तर छ कि छैन भनेर उपभोक्ताले आफैं टेस्ट गर्न सकुन् भन्ने हिसाबले यस्तो किसिमको कार्यक्रम हुने गरेको छ ।’
होमनाथ उपाध्यायले नै नेपालमा पहिलोपटक सुरु गरेका थिए फुटवेयर एक्स्पो
नेपालको फुटवेयर क्षेत्रको एक्स्पो २०५९/६० सालदेखि नै विभिन्न किसिमले संचालनमा आएको पाइन्छ । त्यस्ता मेला प्रदर्शनीमा उपाध्याय सुरुदेखि नै सक्रिय छन् । उपाध्याय भन्छन्, ‘म फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनको पूर्व अध्यक्ष हुँ । पूर्व अध्यक्षको नाताले यस किसिमको मेला महोत्सवको सुरुवात २०५९/६० सालदेखि नै मबाट भएको हो । धेरैजसो नेपाली उपभोक्ताहरूलाई नेपालमा कस्तो जुत्ता बन्छ ? कस्तो गुणस्तर हुन्छ ? भन्ने नै थाहा थिएन । सुरुमा नेपाली नाम राखेर बेच्न नसक्ने अवस्था थियो । नेपाली उत्पादनमा पनि विदेशी नाम राखेर बेच्नुपर्ने स्थिति सुरुमा थियो । त्यसपछि यस्ता किसिमका मेला र कार्यक्रमहरुले गर्दा नेपाली उत्पादन, नेपाली ब्रान्डबारे उपभोक्तालाई जानकारी हुने अवसर भयो । नेपाली उत्पादनको गुणस्तरको बारेमा जानकारी भयो र हामीले एकलरुपमा मेला महोत्सव आयोजना गर्दा उपभोक्ताको भिड लाग्ने गरेको छ । किनकि यस्ता मेला महोत्सवको कार्यक्रमबाट उपभोक्ताले गुणस्तरीय उत्पादनबाट राम्रो लाभ पाउने गरेका छन् । बिक्रीका लागि राखिएका कतिपय उत्पादनहरु फ्याक्ट्रीबाट डिजाइन चेन्ज गर्ने अवस्थामा गएर त्यसलाई एक्स्पोमा सस्तो मूल्यमा उपभोक्ताहरूमाझ प्रत्यक्षरूपमा बिक्री गरिन्छ । कुनै–कुनै जुत्ताहरूमा साइज सकिएको हुन्छ । एक/दुईवटा मात्रै साइज बाँकी रह्यो भने त्यसलाई धेरै ठूलो छुटका साथ उपभोक्ता सामु पुर्याउँछौं । त्यसले गर्दा उपभोक्ताले सस्तो मूल्यमा मेलामा जुत्ताहरू किन्न पाउँछन् ।’

बिएफ डियर हिलका एउटै जुत्ता १०/१२ वर्षसम्म टिक्ने
बिएफ डियर हिल जुत्ता कतिपय उपभोक्ताहरूले १०/१२ वर्षसम्म पनि लगाएका छन् । उपभोक्ताले कम्पनीमा आएर भनेको अनुभव सुनाउँदै उपाध्याय भन्छन्, ‘उपभोक्ताले एउटै जुत्ता १०/१२ वर्षसम्म लगाए भनेर हाम्रो सामु आएर भन्ने गरेका छन् । यता कतिपय डिलरहरूले धेरै बलियो जुत्ता बनाएर दिनुभयो त्यसकारण उपभोक्ताले लामो समयसम्म एउटै जुत्ता प्रयोग गरेकाले कम बिक्री भयो भन्ने गुनासो पनि छ । त्यसैले नेपाली ब्रान्डमा बिएफ डियर हिल सबैभन्दा बलियो जुत्ता भनेर पहिचान बनाउन सफल भइसकेको ब्रान्ड हो । हाम्रो गुणस्तर राम्रो भएन वा हाम्रो उत्पादन राम्रो भएन भने हामी निरन्तर २५ वर्षसम्म उपभोक्ताको माग र रुचिअनुसार आफ्नो पहिचान बनाएर अगाडि बढ्न सक्ने थिएनौं होला ।’ उनी भन्छन्, ‘२५ वर्ष मनाउनु भनेकै कम्पनीको राम्रो छवि हो ।’
तीनजना नेपालीले नेपाली जुत्ता लगाए भने एकजनालाई रोजगारी
उपाध्याय बिएफ डियर हिलमात्र नभइ नेपाली नेपाली उत्पादनको प्रवद्र्धनमा पनि लागिरहेका छन् । उनी भन्छन्, ‘नेपालीहरूले सकेसम्म नेपाली उत्पादन प्रयोग गरौं । त्यसको प्रयोग गर्ने बानी बसालियो भने देशमा रोजगारीको सिर्जना हुन्छ । देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन र धेरै युवाहरूलाई रोजगारी दिन सकिन्छ ।’ उपाध्यायका अनुसार जुत्ता यस्तो उत्पादन हो हरेक तीनजना नेपालीले नेपाली जुत्ता लगाए भने एकजना नेपालीले रोजगारी पाउँछन् । उनी थप्दै भन्छन्, ‘म भन्छु ३०० जोर जुत्ता उत्पादन गर्ने एउटा उद्योगमा १०० जना जति कामदार हुन्छन् । त्यसले गर्दा धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकिने क्षेत्र फुटवेर पनि हो । आम उपभोक्ताहरुले नेपाली जुत्ता नै प्रयोग गरिदिनुभयो भने धेरैभन्दा धेरै नेपालीहरुले यहीँ रोजगारी पाउँछन् । युवाहरू विदेश पलायन हुने क्रममा केही गिरावट आउन सक्छ । यसमा आम्दानीको स्रोत पनि राम्रो छ ।’
जुत्ता बनाउनेको मासिक आम्दानी ६० हजार
फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनको पूर्व अध्यक्ष अपाध्याय भन्छन्, ‘जुत्ता बनाउने एउटा राम्रो कालीगढले महिनाको ५० देखि ६० हजारसम्म यहीँ नेपालमै बसेर कमाउन सक्दछन् । तैपनि धेरै युवाहरू हामीकहाँ नटिकेर विदेश पलायन भइरहेको अवस्था छ । उदाहरणको लागि एकजना अपर स्टेचिङ गर्ने अपरम्यानले दैनिक २० जोर जुत्ता उत्पादन गर्न सक्छन् । त्यसमा एक जोर जुत्ता बनाउँदा ८० देखि ८५ रुपैयाँसम्म हामी दिन्छौं । एवं हिसाबले मासिक रुपमा हिसाब किताब गर्दा सामान्य आठ/नौ घण्टा काम गर्दा त्यति पैसा सजिलै कमाउन सकिन्छ ।’
ललितपुरको चापागाउँ प्याङगाउँको बसपार्क ग्राउन्डमा अर्काे एक्स्पो, जिल्लाबाहिर सातै प्रदेशमा जाने योजना
कम्पनीले यो मेला सँगसँगै ललितपुरको दक्षिणी क्षेत्रको चापागाउँ प्याङगाउँको बसपार्क ग्राउन्ड अगाडि फुटबल ग्राउन्डमा भदौ ५ गतेदेखि असोज १२ गतेसम्म यस्तै प्रवद्र्धन मेला गर्ने भएको छ । संस्थापक उपाध्याय भन्छन्, ‘गोदावरी नगरपालिका भित्रै रहेको हाम्रो उद्योग भएकोले त्यही नगरपालिकाभित्र प्रदर्शनी, बिक्री, प्रवद्र्धन काम यही बीचमा हुनेछ । त्यसैले गोदावरी नगरपालिकाको बज्रबाराही नजिक प्याङगाउँ छ चापागाउँ बसपार्क निर । त्यहाँ भदौ ५ गतेदेखि असोज १२ गतेसम्म यस्तै प्रवद्र्धन मेला सञ्चालन गर्ने योजना रहेको छ र आगामी दिनमा जिल्ला बाहिर पनि हामीले आफ्नो उत्पादन र प्रवद्र्धनका कार्यहरू देशैभर सातै प्रदेशमा लैजाने हाम्रो लक्ष्य रहेको छ ।’





















