Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेभलपमेण्ट बैंकर्स एसोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त भएकी छन् । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एसोसिएसनले लिएको छ ।

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरबन्दी सिर्जना गरेको एसोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको छ ।

Health Tips Ad Road Block