skip this News Page Tips Ad Road Block

श्रम डेस्क स्थापना गरी पोखरामा उत्पादन र उद्यमशीलतामा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पोखरा महानगरपालिका र वडा कार्यालयहरूमा श्रम डेस्क स्थापना गरी श्रम, समय, सीप, उत्पादन र उद्यमशीलतामा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ । गृहिणी महिलाहरूलाई उद्यमशीलता, नेतृत्व र सामाजिक सुरक्षामा प्रोत्साहन गर्दै आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने महानगरले जनाएको छ ।

यसले राष्ट्रियस्तरमा प्रशासनिक, सुरक्षा, प्राविधिक, प्राध्यापन, लगायत क्षेत्रमा उल्लेखनीय योगदान गरी निवृत्त पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न प्रेरित गर्ने महानगरको विश्वास रहेको छ । यसका लागि एक रोष्टरको स्थापना गरिने महानगरको भनाइ छ।

यता गत वर्ष नै अगाडि बढाइएको नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जीवनी तथा नेपाली साहित्यको अध्ययन अनुसन्धान समेत हुने गरी पोखरा महानगरपालिका ३३ मा आदिकवि भानुभक्तको स्मृतिमा भानु स्मारक निर्माण प्रक्रियालाई पनि निरन्तर दिइने छ ।

त्यस्तै कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई उचित व्यवस्थापन, संरक्षण र विकास गरिने महानगरले जनाएको छ ।

Health Tips Ad Road Block