skip this News Page Tips Ad Road Block

पाँच दिनका लागि नेपालगन्जका विद्यालयहरु बन्द

Citizenlife ad 2082 falgun to baishak 2083

नेपालगन्ज । आजदेखि चार दिन बाँकेको नेपालगन्जका विद्यालयहरु बन्द हुने भएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले सूचना निकालेर विद्यालय ३ दिनका लागि बन्द गरेको हो । त्यसपछि शनिबार र आइतबारको बिदाले दुई दिन विद्यालयहरु बन्द हुनेछन् ।

महानगरले सामुदायिक विद्यालयहरु, धार्मिक विद्यालयहरु र संस्थागत विद्यालयहरु सबै बन्द रहने जनाएको छ ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावतमा कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुनसक्ने जोखिमलाई मध्यनजर गरेर आजदेखि शुक्रबारसम्म विद्यालयहरु बन्द गरेको उपमहानगरले जनाएको छ ।

अभिभावक, विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालहरुको सुझावका आधारमा विद्यालय तहका सम्पूर्ण कक्षाहरुको पठनपाठन बन्द हुनेगरी गर्मी बिदा गरिएको सूचनामा उल्लेख छ ।

यो अवधिमा सबै विद्यार्थीहरुलाई पर्याप्त गृहकार्यको व्यवस्था गरी विद्यार्थीहरुको स्वःअध्ययनको व्यवस्था गर्न उपमहानगरले भनेको छ ।

Health Tips Ad Road Block