पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्र खाली गर्न सुरु गरेको छ । बसपार्क क्षेत्रमा दशकौँदेखि बसोबास गरिरहेका सुकुम्बासीहरुलाई उचित व्यवस्थापनको प्रक्रिया थालिएसँगै बसपार्क क्षेत्र खाली गर्न थालिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।
महानगरपालिका अहिले सुकुम्वासीहरूका लागि जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै उनले तत्कालका लागि आफैं बन्दोबस्त गरी बसपार्क निर्माणको कार्यमा सहयोग गर्न गरिएको आग्रहको स्वीकारोक्ति प्रति आभार समेत प्रकट गरे ।
पोखराको गौरवका रूपमा आधुनिक र व्यवस्थित बसपार्क निर्माणको अभियानमा सहयोग गर्न उनले सम्पूर्ण नगरवासीहरूमा अपिल समेत गरेका छन् ।
बसपार्क क्षेत्रमा बिहीबारदेखि महानगरपालिकाको डोजर चलिरहेको छ ।





















