काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्य पनि घटेर ४४८५ रुपैयाँ प्रतितोलामा आइपुगेको छ ।





















