Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘मिस्टर एण्ड मिस नेशनल २०२४’ का अन्तिम ३० प्रतियोगी घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी छनोटको घोषणा भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो ।

देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेशनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले बताए । स्यास सेरेमोनीमा सबै प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत प्रदान गरिएको हो । स्यास ग्रहण गर्दै प्रतियोगीले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्याउनु रहेको बताए ।

यस पटकको प्रतिस्पर्धामा चिकित्सक, विद्यार्थी, मोडल, राष्ट्रिय खेलाडी लगायतका पेशाका युवा युवतीले यसपटक भाग लिएका छन्। देशमा विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीलाई ३ हप्ताको ट्रेनिङ प्रदान गरिने र छनोट भएका सबै प्रतियोगीको पोर्टफोलियो शूट समेत गराइने आयोजकको भनाइ छ।

प्रतियोगिताका विजेतालाई साढे २ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मीडिया एक्स्पोसर र नेपालको प्रतिनिधित्व गर्नका निम्ति पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्ड पठाइने बताइएको छ । प्रतियोगितामा प्रतियोगीले ट्यालेन्ट राउण्ड, टप मोडल राउण्ड, इलेजेन्स राउण्ड, फिटनेस राउण्ड,स्वीम वेयर राउण्ड, जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन् भने पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने विशेष योजना रहेको बताइयो ।

प्रतियोगिताको टप मोडल राउण्ड र स्वीम वेयर राउण्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिप्लाइनमा आयोजना गर्ने योजना रहेको बताइएको छ । प्रतियोगितालाई अन्तरराष्ट्रियस्तरका निर्णायकको उपस्थितिमा मूल्यांकन गरिने आयोजकको भनाइ छ ।

Health Tips Ad Road Block