काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पिएसटिएन) सेवालाई फाईबर टू दी होम (एफटीटएच्) प्रविधिमा स्तरोन्नती गरेको छ । दूरसञ्चार कार्यालय सुन्धारामा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् ।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाईनहरु पूर्णरुपमा आधुनिक फाईबर प्रविधिको एफटीटएच् नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।
सो अवसरमा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएको बताइन् ।