काठमाडौ. । डेरी उद्योग संघको १७ औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको छ। संघको यस साधारण सभाबाट सुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी संघको निवर्तमान अध्यक्षमा राजधानी डेरी ललितपुरका राजकुमार दाहाल रहेका छन् भने उपाध्यक्षमा आधुनिक डेरी काठमाडौँका विश्वराज बस्नेत चयन भएका छन् ।
उद्योगीहरूको हकहित र डेरी क्षेत्रको विकासका लागि सक्रिय यस संस्थाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने गरी महासचिव पदमा जय श्री कृष्ण डेरी उद्योग भक्तपुरका सुरज सापकोटा र कोषाध्यक्ष पदमा संयुक्त डेरी एण्ड फुड ललितपुरका कुलप्रसाद घिमिरे चयन भएका छन् ।
नयाँ कार्य समितिलाई पूर्णता दिने क्रममा विभिन्न डेरी उद्योगका प्रतिनिधिहरूलाई कार्य समिति सदस्यका रूपमा समेटिएको छ। जसअन्तर्गत मैजु डेरी भक्तपुरका जेनन सैजु, बिडिसी फुड अर्थात् भवानी डेरीका देवराज बराल, पञ्चशील डेरी काठमाडौँका पुष्पराज बस्नेत, एनएमकी डेरी उद्योग झापाका रामचन्द्र उप्रेती, कालिका डेरी उद्योग भक्तपुरका शिवप्रसाद त्यात र मदानी डेरी काभ्रेका माधव दाहाल कार्यसमिति सदस्यमा चयन भएका छन् ।
नयाँ कार्य समितिले आगामी दुई वर्षसम्म नेपालको समग्र डेरी उद्योगको प्रवर्द्धन, गुणस्तर सुधार तथा बजार व्यवस्थापनका क्षेत्रमा नीतिगत पैरवी गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।





















