skip this News Page Tips Ad Road Block

६ महिनामा थपिए ४ सय ६१ उद्योग, २२ हजार ८८५ जनालाई रोजगारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी थप ४ सय ६१ नयाँ उद्योगहरू दर्ता भएका छन् ।

उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी थप ४ सय ६१ नयाँ उद्योगहरू दर्ता भएका हुन् ।

यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी ३ सय ६३ वटा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४ वटा उद्योग दर्ता भएका छन् ।

यो ६ महिनाको अवधिमा दर्ता भएका उद्योगहरूमा प्रस्तावित विदेशी लगानी रु. ५५ अर्ब ८३ करोड रहेको छ । यी उद्योगहरुले २२ हजार ८ सय ८५ जनालाई रोजगारी र्सिजना गरेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Health Tips Ad Road Block