Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रिडीको हकप्रद शेयर बाँडफाँड, बिक्री नभएको ११ लाख कित्ता चैत २९ देखि लिलाममा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर चैत २० गते बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीले १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर निष्काशन गरेको हो । क्यापिटलका अनुसार आवेदन दिने ६० हजार ६ सय २ जना शेयरधनीलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले बिक्री नभएको ११ लाख ३५ हजार ६ सय ५७ कित्ता शेयर लिलाम चैत २९ देखि बिक्री गर्ने भएको छ । कम्पनीले यी शेयर वैशाख ९ गतेसम्म लिलाम बिक्री गर्नेछ । शेयर लिलाम बिक्रीका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको यो लिलामी शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम पुरै कित्ताको लागि पनि आवेदन दिन सकिनेछ। दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन भने ५ लाखभन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Health Tips Ad Road Block