काठमाडौं । देशभरका ४६० मध्ये ४४६ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल उक विज्ञप्ति जारी गरी ९७ प्रतिशत गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाहरुले असार १० गतेभित्र गाउँ सभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने नेपालको संविधान र संघीय कानुनको व्यवस्था रहेको छ ।
बाँकी १४ ओटा गाउँपालिकाहरुमा बजेट पेश हुन सकेको छैन।
चौध मध्ये ५ ओटा गाउँपापालिकाले सभामा नीति तथा कार्यक्रम पेश गरिसकेको तर बजेट पेश गर्न बाँकी रहेको महासंघले जनाएको छ ।
स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरुको यो पाँचौ अर्थात् अन्तिम नीति तथा कार्यक्रम र बजेट हो।
बजेट पेश गर्न नसकेका गाउँपालिकाहरु मध्ये तयारी नपुगेको, अध्यक्ष अस्वस्थ भएको, अध्यक्षको परिवारका सदस्य बिरामी भएको कारण जिल्ला बाहिर रहेको, प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको, बजेट निर्माणमा सहमती जुट्न नसकेको लगायतका कारण रहेको पाइएको छ।
महासंघका अनुसार बजेट पेश गर्ने र पेश गर्न बाँकी गाउँपालिकाको प्रदेशगत संख्या यस्तो छ






















