काठमाडौँ । तराईका जिल्लाहरुमा निरन्तररुपमा तापक्रम बढ्दै गएपछि तातोबाट जोजिन र सावधानी अपनाउन आग्रह गरिउको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई जिल्लाका सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरेकी छन् ।
आगामी दिनमा धनगढीमा अधिकतम तापत्रमक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको छ । वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ ।
ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।





















