skip this News Page Tips Ad Road Block

आज देशैभरका स्थानीय तहको बजेट आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । संविधानतः असार १० गते सबै बजेट ल्याउनुपर्ने व्यवस्थाका कारण देशभरका स्थानीय तहहरुले आज आ-आफ्नो बजेट सार्वजनिक गर्दैछन् । संघीय सरकारले जेठ १५ गते, प्रदेशहरुले असार १ गते र स्थानीय तहहरुले असार १० गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ । त्यही व्यवस्थाअनुरुप जेठ १५ मा संघ सरकारको र असार १ गते प्रदेशहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् ।

कसले कस्तो बजेट ल्याउँदैछन् भनेर गाउँ गाउँका स्थानीयहरुमा देशभर आज बजेटबारे चासो रहेको छ । अहिले स्थानीय तहहरुमा कतिपयमा आगामी आवको बजेट आ–आफ्नो सभामा पेस भइरहेको छ भने कतिपयमा पेस गर्ने तयारी भइरहेको छ ।

यस अगाडिका अधुरा रहेका योजना सम्पन्न गर्ने, सुशासन, सेवा प्रवाहलाई उच्च प्राथमिकता दिँदै नीति, कार्यक्रम र बजेट ल्याउन स्थानीय शासनविज्ञले स्थानीय तहलाई सुझाव दिएका छन् । डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिँदै सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेर स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने सुझाव उनीहरुको छ ।

त्यसैले अधिकांश स्थानीय तहमा आफ्नै टोल, बस्ती र गाउँमा सडक, खानेपानी, सिँचाइ पुर्‍याउनेगरी बजेट सार्वजनिक गर्दैछन् ।

अब राजनीतिक दृष्टिकोणबाट प्रेरित नभई स्थानीय नागरिक र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर स्थानीय तहका नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने विज्ञहरुको सुझाव छ ।

Health Tips Ad Road Block