काठमाडौं । मिस नेपाल २०२६ को ताजका लागि अन्तिम २४ प्रतिष्पर्धि सार्वजनिक गरिएको छ । द हिडन ट्रेजरले मंगलबार ललितपुरको द प्लाजामा कार्यक्रम गरी प्रतिष्पर्धिहरु सार्वजनिक गरेको हो ।
कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धिलाई प्रतियोगी नम्बर प्रदान गरिएको छ । डाक्टर, अधिवक्तादेखि धेरै क्षेत्रका लागेकाहरु यसपटकको मिस नेपालका लागि प्रतिष्पर्धा गरिरहेको आयोजक द हिडन ट्रेजरले जानकारी दिएको छ ।
विभिन्न मञ्चमा ताजसमेत पाइसकेकाहरु पनि प्रतिष्पर्धामा छन् ।
कार्यक्रममा प्रतिष्पर्धिलाई प्रतियोगी नम्बर १ देखि २४ सम्म प्रदान गरिएकाे थियाे । प्रतिष्पर्धिले प्रतियोगी नम्बर छनोट गरेका थिए ।
यसअनुसार क्रमशः ईशा सुवेदी, काठमाडौं, (१), प्रनिशा खनाल, अर्घाखाँची(२), युक्ता पौडेल, स्याङजा (३), अन्शु कुँवर, अछाम(४), संगीता पौडेल, पोखरा(५), श्रद्धा अधिकारी, काभ्रेपलाञ्चोक (६), कशिश सुब्बा, धरान(७), मानश्वी शर्मा, काठमाडौं (८), सुष्मा भण्डारी, कञ्चनपुर (९), प्रतिष्ठा आचार्य, भक्तपुर (१०), आर्या निशान्त, ललितपुर (११), आयुष्मा केसी खत्री, झापा (१२), शितांशु ढकाल, काठमाडौं (१३), प्रतिमा खड्का, सिन्धुपाल्चोक (१४), प्रेमा लामगाडे, भैरहवा (१५), महिमा पन्त, गोरखा (१६), दीपमाला ढकाल, हङकङ (१७), सिजा श्रेष्ठ, काठमाडौं (१८), विभूषा बस्नेत, सोलुखुम्बु (१९), स्वीकृति ज्ञवाली, नवलपरासी (२०), चाँदनी श्रेष्ठ, भक्तपुर (२१), श्रीयषी श्रेष्ठ, वीरगंज (२२), अर्भिसा थापा, सर्लाही (२३) र रचना भट्टराई, सिन्धुपाल्चोक (२४) ले यो पटक मिस नेपाल ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।
मिस नेपालको अन्तिम फिनाले आगामी साउनमा ललितपुरको द प्लाजामा आयोजना हुनेछ ।





















