Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पछिल्लो अपडेटः रास्वपाको १०८ स्थानमा अग्रता र २ विजयी, पछ्याउँदै अरु दल (कुनको कति ?)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर १०८ स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । दुई स्थानमा रास्वपा विजयी भइसकेको छ । कुल १५० स्थानको मतगणना भइरहेको छ ।

रास्वपापछि नेपाली काँग्रेसले ११ स्थानमा अग्रता लिएको र दुई स्थानमा विजयी भइसकेको आयोगले जनाएको छ ।

नेकपा एमालेले १० स्थानमा अग्रता, नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा अग्रता र एक स्थानमा विजयी भइसकेको छ । श्रम संस्कृति पार्टीले ५ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।

यस्तै प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), र स्वतन्त्रले अहिलेसम्म एक/एक स्थानमा अग्रता लिइरहेका छन् ।

Health Tips Ad Road Block