Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धादिङकाे गजुरी गाउँपालिकाले सुरु गर्‍याे काठमाडौँ बस्ने बासिन्दाका लागि दशैँ विशेष निःशुल्क यातायात सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैँ । धादिङकाे गजुरी गाउँपालिकाले आगामी दशैँ २०८२ लाई मध्यनजर गर्दै काठमाडौँमा बसोबास गर्ने गजुरीवासीका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा सेवा लिन इच्छुकले आफ्नो सुविधा अनुसार समय छान्न सक्ने र समयमै सम्पर्क गरी सिट सुरक्षित गर्न अनुरोध गरिएको छ।

यातायात सेवा लिनका लागि यात्रुले आफ्नो सक्कल नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने परिचयपत्र अनिवार्य साथमा लैजानुपर्ने सूचनामा उल्लेख छ।

यात्रा गर्ने मिति र समय यस प्रकार छ: २०८२।०६।११ बिहान १० बजे र दिउँसो ३ बजे, २०८२।०६।१२ बिहान १० बजे र दिउँसो ३ बजे, र २०८२।०६।१३ बिहान ११ बजे। बसहरू स्युचाटार पुल, वाफल, काठमाडौंबाट छुट्नेछन् र गन्तव्य वेल्खुदेखि मलेखुसम्म रहेको छ।

सवारी साधनको विवरणमा बस नम्बर वा.प्र. ०१-००१ ग ४४१७ र बा. १ ग ३५८३ समावेश छन्। यस विषयमा सम्पर्कको लागि अध्यक्षको स्वकीय सचिव सुमन लो तामाङलाई फोन नम्बर ९८६९३५१३४५ मा सम्पर्क गर्न सकिन्छ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले सबै इच्छुक यात्रुहरूले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न आग्रह गर्दै सेवा उपलब्ध गराइएको जानकारी दिएका छन्।

 

Health Tips Ad Road Block