skip this News Page Tips Ad Road Block

आव २०८३/८४ का लागि बेलकोटगढी नगरपालिकाले ल्यायो ८७ करोड ९ लाखको बजेट

Citizenlife ad 2082 falgun to baishak 2083

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै पारित गरेको छ । नगरपालिकाको दोस्रो नगरसभा र आठौँ अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट सर्वसम्मत रूपमा पारित भएको हो ।

नगरपालिकाले चालु, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ८७ करोड ९ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरसभाको पहिलो बैठकमा नगरप्रमुख जगतबहादुर गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सीप विकास, रोजगारी सिर्जना, युवा सशक्तीकरण, प्रविधिमैत्री सेवा प्रवाह तथा नवप्रवर्तनका विषयलाई प्राथमिकताका साथ समेटिएको छ। विशेषगरी युवा पुस्ताको भावना र आवश्यकतालाई आत्मसात गर्दै उत्पादन, उद्यमशीलता, स्वरोजगार तथा आधुनिक प्रविधिको उपयोगमार्फत नगरको समग्र विकासलाई गति दिने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ।

नगरप्रमुख गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको आधारमा नगर उपप्रमुख शिवप्रसाद दाहालले नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

नगरबासीको जीवनस्तर उकास्ने, पूर्वाधार विकासलाई थप सुदृढ बनाउने तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित बजेट तथा कार्यक्रम तर्जुमा गरिएको नगरपालिकाको भनाइ छ ।

Health Tips Ad Road Block