काठमाडौं । कृषिमा उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र कृषकको आयवृद्धि गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण, भूमि बैंक स्थापना र माटो परीक्षण मार्फत भू–उपयोगलाई अधिकतम बनाउने नीति लिएको छ ।
उत्पादन परिमाण तथा गुणस्तरको आधारमा कृषकहरुलाई थप सहुलियत प्रदान गरिने महानगरको योजना छ ।
उत्पादनदेखि बजारसम्म कृषि उपजको न्यूनतम समर्थन मूल्यको सुनिश्चतता, संकलन केन्द्र, किसान–साझेदार बजारको ब्यवस्थापन गरिने महानगरको भनाइ छ ।
कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिइने महानगरको भनाइ छ ।





















