काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् ।
प्रचण्डले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४ सय ६२ मत प्राप्त गरे ।
सो क्षेत्रमा नेपाली काँग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिएको छ ।






















