Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सातवटा राजमार्ग पूर्णरुपमा अवरुद्ध, जान्नुहोस् कुन–कुन ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बाढी पहिरो लगायतका कारण विभिन्न मुख्य राजमार्गको अवरोध अझै हटेको छैन ।

नेपाल प्रहरीले बिहान ८ बजे दिएको जानकारी अनुसार अझै सातवटा राजमार्ग अवरुद्ध छन् ।

यस्तो छ नेपाल प्रहरीको सूचनाः

१.जि.रसुवा:बाढीले  नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको ।

मिति २०८२।०३।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२  स्थित रसुवागढीमा  बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको ।

मिति २०८२।०६।१६ गते अ.०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ बालुवाखानि, र तातोपानी  स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।

मिति २०८२।०६।२२ गते अ.०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं ३ फ्याङलुङ स्थित पासाङ ल्हामु सडक खण्डमा भोटेकोशी खोलाले अं.३५/४० मिटर सडक कटान गरी पुर्ण रूपमा अवरोध भएको ।

२. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।

मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

३.जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।

मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको।

४.बि.पि. राजमार्ग माथिबाट ढुंगा खसी बाटो दुबै तर्फ अबरुद्ध भएको

मिति २०८२/०६।१८ गते अ. ११:०० बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा. ११ माम्तीखोला, ऐ.डालावेशी ऐ.बुलढुंगा  लगायत बि.पि. राजमार्ग सडक खण्डमा  सडक  माथिबाट ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।

५. मध्य पहाडी लोकमार्ग पुर्ण रूपमा अवरोध भएको ।

मिति २०८२/०६/२१ गते अं.१९:२० बजेको समयमा जिल्ला रुकुम (पूर्वी भाग) भुमे गा.पा.४ काँडाबगर स्थित मध्ये पहाडी लोक मार्गमा सडक माथिबाट ढुङगा,लेदो सहितको पहिरो झरी पुर्ण रूपमा अवरोध भएको ।

६. जि. कालिकोट कर्णाली करिडोर  पुर्ण रूपमा अवरोध भएको ।

 मिति २०८२।०६।२२ गते अ.१७:५० बजेको समयमा  पचालझरना गा.पा. ८ जुगेनी खोला स्थित कर्णाली करिडोरमा सडक माथिबाट लेदो सहितको पहिरो आई सडक पुर्ण रुपमा अबरोध भएको ।

७. तमोर करिडोर  पुर्ण रूपमा अवरोध भएको ।

मिति २०८२।०६।१८ गते पाँचथर तुम्वेवा गा.पा.२ नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी पुर्ण रुपमा बाटो अवरोध भएको ।

Health Tips Ad Road Block