skip this News Page Tips Ad Road Block

काठमाडौं उपत्यकाका १५ कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ, कुन-कुन कन्सल्टेन्सी परे ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेकाे छ । अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो ।

पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा Guruba/Study Glider, LEXICO Education, Pascal Education, Apitome Education, Meghatech Education, Skill Point Education, Vibrant Education, Dream Education, Universal Gateway, Victory Education, 24 Hours Education, Greener Education, Global Impact, Ureshi Education र Bloom Abroad रहेका छन् ।

Health Tips Ad Road Block