Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२ लाख ४० हजार नजिक पुगेर सुनको मूल्यले आजपनि कायम गर्यो नयाँ रेकर्ड, चाँदीले ३ हजारभन्दा माथि पुगेर रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दैनिकरुपमा नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले नेपाली बजारमा आज असोज २३ गते बिहीबार पनि नयाँ रेकर्ड बनाएको छ ।

आज २ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको मूल्य पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजोको तुलनामा मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार हिजो २ लाख ३८ हजार रुपैयाँमा पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य पनि नयाँ रेकर्डको विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला ३०२५ रुपैयाँ पर्दछ । हिजो २९५५ रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block