skip this News Page Tips Ad Road Block

१ सयभन्दा बढी चिया उद्योग खुले

Citizenlife ad 2082 falgun to baishak 2083

इलाम । भारतमा नेपाली चियाको निर्यातमा कडाइ भएपछि बन्द भएका एक सयभन्दा बढी चिया उद्योग सञ्चालनमा आएका छन् । चिया निर्यात गर्न नसकिने भन्दै असार १ गतेदेखि बन्द भएका उद्योग सङ्घीय सरकार र स्थानीय तहसँगको आश्वासनपछि सञ्चालनमा आएका हुन् ।

सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्ने मौखिक आश्वासनपछि उद्योग सञ्चालन गरिएको उत्पादकहरुले बताएका छन् । उनीहरुका अनुसार हालका लागि चिया उद्योग बन्दका सबै कार्यक्रम स्थगन गरिएको छ ।

उद्योगीले चाँडोभन्दा चाँडो भारतसँग कूटनीतिक पहल गरिनुपर्ने, नेपालमा अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला नबनेसम्म भारत निकासी हुने चियालाई पुरानै (सिएफएल) ढङ्गले निकासी गर्ने वातावरण बनाइनुपर्ने, अहिले गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्म उद्योगलाई बिनाब्याज ऋण दिएर उद्योग सञ्चालनको वातावरण बनाइनुपर्ने, तत्काल अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, अर्गानिक उत्पादन गर्न चियाक्षेत्रलाई आवश्यक स्थानीय, प्रदेश र केन्द्रको बजेटसहित कानुन र ऐन संशोधन गर्नुपर्नेलगायतका सुझाव सरकारलाई दिएका छन् ।

Health Tips Ad Road Block