काठमाडौं । हमास समूहको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशीको एक भिडियो सार्वजनिक भएको छ ।
बुधबार इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको भिडियो फुटेज प्राप्त गरेको जनाएको छ । जुन इजरायली समय अनुसार बुधबार साँझ सार्वजनिक गरिएको बन्धक परिवार फोरमले जनाएको प्रस्ट पारेको छ ।
जेरुसेलम पोस्टमा छापिएको खबर अनुसार नेपाली बन्धक विपिन जोशीको इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त भिडियो फोरमको पहलमा सार्वजनिक गरिएको हो ।
यस्तो छ बिपिनको भिडियो, तलको लिंक क्लिक गर्नुहोस् ।






















