skip this News Page Tips Ad Road Block

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार अबेर नतिजा सार्वजनिक गरेको हो ।

अब डिभी भरेकाहरुले नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नु पर्नेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार
छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे सोही साइटमै जानकारी उपलब्ध हुने बताइएको छ ।

दूतावासअनुसार कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउनेछैनन् । डिभी हेर्नका लागि https://dvprogram.state.gov/मा गएर आफ्नो कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्दछ ।

Health Tips Ad Road Block