ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

जापानी परराष्ट्रमन्त्री नेपाल आउँदै, जापानमा रहेका नेपालीको हितबारे छलफल हुने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् ।

यहाँ उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल जापानमा एक लाख ६३ हजार भन्दा बढी नेपाली अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेको बताइएको छ । ती जापानमा रहेका नेपालीहरुको हितका विषयमा विशेषत उनको भ्रमणकाक्रममा छलफल हुने जनाइएको छ ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि कामिकावाको यो पहिलो नेपाल भ्रमण हो ।

Health Tips Ad Road Block