skip this News Page Tips Ad Road Block

पर्यटन बोर्डद्वारा टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएशन कार्यशाला शृंखला सुरुवात

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ।

#VisitNepal नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ। साथै, यसले पर्यटकहरूलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग गर्नेछ।

तीन दिनसम्म सञ्चालन हुने यो शृंखलामा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सहभागीहरू एकत्रित भएर शर्ट भिडियो क्रिएशन, ऑडियंस एंगेजमेंट, डिजिटल स्टोरीटेलिङ, अडियन्स ग्रोथ, ब्रान्ड कोलाबेरेसन तथा रेस्पोन्सिबल कन्टेन्ट डेभलपमेन्टका उत्कृष्ट अभ्यासहरूको बारेमा सिक्नेछन्। यस क्रममा टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना एवम् मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई व्यापक दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न यस प्लेटफर्मको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनेछ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले भने, “पर्यटन प्रवर्द्धनलाई डिजिटल माध्यममार्फत नयाँ उचाइमा पुर्‍याउने यो उपयुक्त समय हो। नेपालको समृद्ध संस्कृति, अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा विश्वप्रसिद्ध आतिथ्यतालाई सिर्जनात्मक ढंगले डिजिटल माध्यमबाट विश्वसामु प्रस्तुत गर्न आवश्यक छ। यस कार्यशालाले हाम्रो ज्ञान अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ। डिजिटल माध्यममार्फत एउटै आवाजका साथ नेपालको पर्यटन प्रवर्द्धन गर्न र विश्वमञ्चमा आफ्ना पर्यटन उत्पादनलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्नेछ।”

Health Tips Ad Road Block