skip this News Page Tips Ad Road Block

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकिकृत प्रवद्र्धन गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकिकृत प्रवद्र्धन गरिने भएको छ । पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रममा याे याेजना राखेकाे हाे ।

महानगरले फेवाताल, वेगनासताल, रुपाताल लगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरुलाई पर्यटकीय क्षेत्रको रुपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिने नीति बनाएको छ ।

पोखरा–भरतपुर–लुम्बिनी सिल्भर ट्रियाङ्गल अवधारणा अन्तरगत संयुक्त पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्न एक आपसमा साझेदारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्रिपक्षीय भ्रमण आदानप्रदान लगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवद्र्धनात्मक गतिविधिहरुलाई जोड दिइने महानगरले जनाएको छ ।

Health Tips Ad Road Block