काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ४५९० रुपैयाँ रहेको छ ।





















