काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बजारमा सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला ४६९० रुपैयाँ रहेको छ ।





















