Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नक्कली बिल जारी गर्नेलाई नियन्त्रणमा लिन प्रधानमन्त्रीको ठाडो निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, चैत १८ २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री, गृह र अर्थ मन्त्रालयका अधिकारीहरूलाई बोलाएर नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग गर्नेहरुमाथि मसिनो ढंगले अनुगमन गरी नियन्त्रणका कदम चाल्न ठाडो निर्देशन दिएका छन् । राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग गर्नेलाई नियन्त्रणका लिन उनले निर्देशन दिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुस्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूलाई अगाडि राखेर प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

सबैसमक्ष प्रधानमन्त्री दाहालले भने, ‘‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’

प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन भनेका छन् । उनले भने, ‘समृद्विको बाधकका रूपमा रहेको भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ। अब विगतका परम्परागत प्रशासनिक कार्यशैली, ब्यवहार र चिन्तनबाट मुलुक चल्दैन । नयाँ सोचसहित अगाडि बढुनसपर्नेछ ।’

प्रधानमन्त्री दाहालले आन्तरिक बजारमा बिल लिने दिने प्रणाली बसाल्न पनि सबैलाई क्रियाशिल हुन भनेका छन् ।

Health Tips Ad Road Block