skip this News Page Tips Ad Road Block

बर्ड फ्लु भनेको के हो र कसरी बच्ने ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बर्ड फ्लु भनेको पक्षीहरुमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने संक्रामक रोग हो। कहिलेकाहीँ संक्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यो संक्रमण सर्न सक्छ। तर व्यक्ति(व्यक्तिबीच सजिलै सर्दैन ।

मानिसमा कसरी सर्न सक्छ ?

नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार संक्रमित वा मरेका पक्षीसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्न सक्छ । संक्रमित पक्षीलाई हुँदा वा समात्दा, पक्षीको दिसा, सिंगानसँग सम्पर्क हुँदा संक्रमित पक्षी रहेको स्थान सफा गर्दा, मरेको पक्षीको मासु खादाँ ।

बर्ड फ्लुका सम्भावित लक्षणहरुः

ज्वरो आउने
खोकी लाग्ने
घाँटी दुख्ने
साँस फेर्न गाह्रो हुने
शरीर तथा मांसपेशी दुख्ने
अत्याधिक थकान महसुस हुने
वाकवाकी, बान्ता वा पखाला हुन सक्ने ।

संक्रमित पक्षीसँग सम्पर्क भएको छ र यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिरहेको अवस्थामा कुखुराको मासु र अण्डा खान मिल्छ ?

यदि कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाइन्छ भने सामान्यतया सुरक्षित हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरुः

मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने ।

काँचो वा आधा पाकेको मासु तथा अण्डा नखाने ।

बिरामी वा मरेका कुखुराको मासु नखाने ।

मासु सुरक्षित रूपमा कसरी पकाउने ?

काँचो मासु छोएपछि साबुनपानीले हात धुने ।

काँचो मासु काट्ने चक्कु, चुलेसी, चपिङ बोर्ड र भाँडा राम्ररी सफा गर्ने।

काँचो मासुलाई अन्य खानेकुराबाट छुट्टै राख्ने ।

मासु राम्रोसँग पाकेको सुनिश्चित गरेर मात्र खाने।

मुख्यरुपमा यी विषयमा ध्यान दिनुपर्दछ ।

संक्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कबाट बचौं ।

कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाऔं।

 

Health Tips Ad Road Block