काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले भारतसँगको सीमा विवादमा नेपालले बेलायतको मध्यस्तता नखोजेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा उनले आफूले नेपाल भारत सीमा विवादमा वेलायतको मध्यस्ता नखोजेको र विवाद समाधानका लागि दुवै देश संक्षम रहेको बताए ।
उनले भने, ‘आवश्यक प्रमणहरु भए बेलायसँग पनि खोजौँ मगाउँ भनेको हो । वेलायतलाई मध्यस्ता राख्छौ भनेका छैनौँ । दुई देशबीचको सीमा विवाद समाधान गर्न हामी दुवै सक्षम छौँ ।’ प्रधानमन्त्री साहले भने ।




















