Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘तपाईँको मास्क खोई ?’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ‘तपाईँको मास्क खोई ?’ पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्न थालेको विवरण सार्वजनिक भइरहँदा एकले अर्कालाई सोध्नुपर्ने बेला भएको छ, ‘तपाईँको मास्क खोई ?’ सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड–१९ ले विश्वभर नै महामारी निम्तिएपछि बीचको समयमा मानिसहरुलाई मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्दछ भनेर भन्नै नपर्ने स्थिति बनिसकेको थियो । हामी नेपाली चाँडै नै धेरै कुरा बिर्सन्छौं । त्यसैले अब छोडिसकको मास्क पुनः खोजेर प्रयोग गर्नुपर्ने बेला भएको छ किनकि पछिल्लो समय फेरि कोरोना संक्रमणको दर बढ्न थालेको पछिल्लो तथ्याँकले बताइरहेको छ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी बढ्न थालेका हुन् । मौसम परिवर्तनपछि सर्वसाधारणहरुमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पछिल्लो एक सातामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

अघिल्ला वर्षहरुमा कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम राखेर निःशुल्क मास्क वितरण गर्ने समेत गरिएको थियो । अब सबै सचेत भइसकेकाले एकले अर्कालाई सोध्नुपर्दछ, ‘तपाईँको मास्क खोई ?’ ।

कोरोनाको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुर्नौाहरुतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयन गरी ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा एकले अर्कालाई भन्नुपर्दछ ।

Health Tips Ad Road Block