skip this News Page Tips Ad Road Block

जब साँझ पर्छ तब उज्यालिन्छ धरहरा, अवलोकनकर्ताको आकर्षण बढ्दो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको नेपालको ऐतिहासिक धरहरामा पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ। विशेषगरी साँझपख बत्तीहरूको आकर्षक सजावटसँगै चम्किने धरहरा हेर्न र तस्बिर खिच्न आउनेहरूको घुइँचो बढ्दै गएको छ।

हाल धरहरा राजधानीको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। धरहराको अवलोकन गर्न आउनेहरू अवलोकन टावरबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य नियाल्नुका साथै परिसरमा घुमफिर गर्दै स्मरणीय तस्बिर र भिडियो कैद गर्न व्यस्त देखिन्छन् सर्वसाधारहरु।

विदेशी पर्यटकका साथै विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटक, विद्यार्थी, युवा तथा परिवारसहितका आगन्तुकले धरहरालाई प्रमुख घुमफिर गन्तव्यका रूपमा रोज्न थालेका छन्। बिदाका दिन तथा साँझको समयमा अवलोकनकर्ताको संख्या अझ बढी हुने गरेको छ।

वि.सं २०७२ सालको विनाशकारी भूकम्पले ढालेको ऐतिहासिक धरहरा आधुनिक प्रविधि र भूकम्प प्रतिरोधी संरचनासहित पुनर्निर्माण गरिएको हो। पुरानो ऐतिहासिक स्वरूपको मौलिकता जोगाउँदै निर्माण गरिएको नयाँ धरहराले नेपालको सांस्कृतिक सम्पदा, आधुनिक पूर्वाधार र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने प्रतीकका रूपमा परिचित हुँदै गएको छ।

साँझको सुनौलो आकाश, झिलिमिली बत्ती र व्यस्त अवलोकनकर्ताको चहलपहलसँगै धरहराको दृश्य अहिले राजधानीको आकर्षक शहरी जीवनशैली र पर्यटन गतिविधिको जीवन्त झल्को बनेको छ।

फोटो फिचरका रूपमा प्रस्तुत यी दृश्यहरूले पुनर्निर्मित धरहराप्रति नागरिक र पर्यटकको बढ्दो आकर्षण तथा नेपालको पर्यटन क्षेत्रको सकारात्मक गतिशीलतालाई उजागर गरेको छ ।

तस्बिरः प्रेम थापा, एनएफपिजे, पोखरा ।

Health Tips Ad Road Block