skip this News Page Tips Ad Road Block

नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बि एण्ड बि हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र र बैंकमा कार्यरत कर्मचारीहरुलाई अस्पताल द्वारा तोकिए‌को विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ। सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बि एण्ड बि हस्पिटल प्रालिको तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई बि एण्ड बि हस्पिटल प्रालिद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

नेपालभर २३१ शाखाहरु, २४६ एटिएमका साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुऱ्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्‌दै गएको बैंकको दाबी छ ।

Health Tips Ad Road Block