Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ब्रदर्स देयर फर वि (बीटीएफडब्लु) ले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको ऐतिहासिक सफलता हासिल गरेका नेपाली एमएमए खेलाडी युकी आङदेम्बेलाई सम्मान गरेको छ । बिटीएफडब्लुले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै युकीलाई नगदसहित सम्मान गरेको हो ।

युकीले शनिबार भारतमा भएको मेट्रिक्स फाइट नाइट (एमएफएन) १८ मा भारतीय खेलाडी मन्दिप प्रजापतीलाई पराजित गरेका थिए ।

युकीको जित मात्र नभई उनको संघर्ष, अनुशासन, समर्पण तथा नेपाली युवामाझ उनले दिएको प्रेरणालाई विशेष रूपमा सम्मान गरिएको आयोजकले संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ परामर्शदाता तथा प्रोफेसर अर्थोरट्रमा सर्जन डा. बुलन्द थापा, बीटीएफडब्लुका अध्यक्ष कुशल भण्डारी, सह–संस्थापक अनिता ठकुरी लगायतले युकीलाई सम्मान पत्र र नगद ५० हजारसहित सम्मान गरेको हो । उक्त सम्मानले युकीको ऐतिहासिक उपलब्धिको कदर गर्नुका साथै भविष्यका लागि थप प्रेरणा र समर्थन प्रदान गरेको सन्देश दिएको थियो ।

सम्मान कार्यक्रममा नेपाल एडभेन्चर रनिङ फेडेरेशनका अध्यक्ष एकेन्द्र बहादुर कुँवर, नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक तथा अल्पाइन स्पोर्ट्स फेडेरेशनका अध्यक्ष गोविन्द भट्टराई, नासा नेपाल फाइनान्स एण्ड कर्पोरेट कमिसनका सजिब भट्टराई, समाजसेवी मच्छिन्द्र राज शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा बीटीएफडब्लुका सम्पूर्ण संस्थापक सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्मानपछि युकीले बीटीएफडब्लुले यसअघि पनि आफूलाई निरन्तर साथ दिइरहेको र अहिले सम्मानित हुन पाउँदा खुशी व्यक्त गरे । उनले एमएमए खेल नेपालको युवापुस्ताका लागि एक उत्कृष्ट व्यावसायिक सम्भावना बन्दै गएको र आउने दिनमा यसको सम्भावना अझ धेरै रहेको बताएका थिए । उनले नयाँ आउने खेलाडीहरुलाई आप्नो प्यासन फलो गर्दै अघि बढ्न आग्रह गरे ।

प्रमुख अतिथि डा. बुलन्द थापाले एमएमए खेल सम्मानित र चुनौतीपूर्ण खेलको रूपमा व्याख्या गर्दै युवावस्थामा आफूलाई पनि बक्सिङप्रति रुचि रहेको बताए । उनले युकीलाई नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई दिनुका साथै बीटीएफडब्लले गरिरहेको सामाजिक कार्यको प्रशंसा गरे । साथै संस्थालाई अझ अगाडि बढाउन महत्वपूर्ण सुझावहरू समेत प्रदान गरे ।

यस्तै हाल अष्ट्रेलियामा रहेका बीटीएफडब्लुका संस्थापक बिपिन कार्कीको विशेष भिडियो सन्देश पठाएका थिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै यो त केवल सुरुवात मात्र हो भन्दै बीटीएफडब्लुलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए ।
साथै मानसिक स्वास्थ्य, राष्ट्रिय खेलाडीहरूको सहयोग तथा पशु उद्धार अभियानमा संस्थाले अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बीटीएफडब्लुकी सह–संस्थापक अनिता ठकुरीले संस्थाको उद्देश्य, सामाजिक अभियान तथा भविष्यका योजनाबारे प्रेरणादायी धारणा व्यक्त गरेका थिए ।
ठकुरीले बीटीएफडब्लुले दीर्घकालीन योजना तथा मानसिक स्वास्थ्य सचेतना, युवाशक्ति सशक्तिकरण, राष्ट्रिय खेलाडीहरूको सहयोग तथा पशु उद्धार अभियानप्रति काम गर्दै आएको जानकारी दिइन् ।

बीटीएफडब्लुका अध्यक्ष कुशल भण्डारीले संस्थाले आगामी दिनमा पनि यस प्रकारको कामलाई निरन्तारता दिँदै जाने बताए ।

कार्यक्रममा युकी आङदेम्बेको हालै सम्पन्न एमएफएन खेलमा भारतका मन्दिप प्रजापतीलाई पहिलो राउण्डमै सबमिसनमार्फत पराजित गरेको भिडियो पनि देखाइएको थियो ।

Health Tips Ad Road Block