गुल्मी । मर्मतको लागि आज साँझ कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको ड्यामका सबै ढोका खोलिने भएकाले सबैलाई सर्तक रहन आग्रह गरिएको छ । आयाजनाले आज साँझ करिब ५ बजेदेखि ढोकाहरु खोलेर सरसफाई एवं मर्मत सम्भार गर्न लागेकाले नदि किनार आसपासका सबैलाई सतर्क रहन आग्रह गरिएको हो ।
ड्याम खोलिने भएकाले नदि किनार आसपासका क्षेत्रमा निर्माणजन्य सामग्रीहरु लगायत कुनै सामग्री भए समयमै हटाउन र उक्त समयमा नदि किनारमा नजान सबैमा अपिल गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रले जनाएको छ ।
आयोजनाका अनुसार वैशाख २९ गते बिहानबाट कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको ड्यामका सवै ढोकाहरु पुनः बन्द गरिनेछ ।
आयोजनाका सबै ढोकाहरु खोलिँदा नदिमा पानीको बहाव ठूलो हुने भएकाले सर्तकर्ताको लागि गुल्मी, पाल्पा र स्याङ्जाका प्रहरी र प्रशासन कार्यालयहरुले सबैलाई अपील गरेका छन् ।






















