Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै करिब डेढ करोड ठग्नेहरु पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका–१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।

पक्राउमध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले राज कुमारलाई काठमाडौं किर्तीपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका–२९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका–१४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका–४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका–३ बाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block