काठमाडौँ । संवैधानिक परिषदले सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ । आज सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठकले सर्बोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
बैठकमा प्रधानमन्त्रीलगायत संबैधानिक परिषदका सबै सदस्यहरुको उपस्थिति थियो । परिषदको सिफारिसपछि शर्माको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने कानूनी व्यवस्था छ ।
संसदीय सुनुवाइ समितिले शर्माको नाम सिफारिस गरे उनी नेपालको ३३ औँ प्रधानन्यायाधीश बन्नेछन् ।






















