काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (सलिको) लाई कारवाही गरेको छ । प्राधिकरणले सलिकोलाई प्रथम पटक भनेर २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) को विपरित हुने गरी कार्य गरेको प्राधिकरणको ठहर छ । प्राधिकरणले एक सूचना जारी गरी बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम कम्पनीलाई (पहिलो पटक) दुई लाख रूपैयाँ जरिवाना गरेको जनाएको हाे ।
त्यसैगरी प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई पहिलो पटक भनेर पाँच हजार रूपैयाँ जरिवाना गरेको छ ।
पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) व्यवस्था पालना नगरेकोभन्दै रिइन्स्योरेन्सलाई प्राधिकरणले कारवाही गरेको हो ।























