काठमाडौं । नेपाली बजारमा दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार ६ सय रुपैयाँले बढेको छ ।
हिजो ५ हजार ८ सय रुपैयाँले बढेको मूल्य आज पुनः तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।
आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ रहेको छ ।
मंगलबार २ लाख ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार २ लाख ९६ हजार ८ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ५१५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।






















