उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले गरे पद बहाली, निजी क्षेत्रको मनोबल बढाउने काम गरिदिन सरकारलाई सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले आज पद बहाली गरेका छन् ।
यसअघिको विधानअनुरुप वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार श्रेष्ठ स्वत: अध्यक्ष भएका हुन् ।
पद बहाली गर्दै अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका छन् । सरकारले विभिन्न ऐनहरुमा सुधार गरिरहेकोतर्फ खुसी व्यक्त गर्दै उनले निजी क्षेत्रको मनोबल बढाउन, सुरक्षाको प्रत्याभुती, लगानी सुरक्षाको प्रत्याभुती, व्यवसायिक क्षेत्रको लागत घटाउनेतर्फ सोच्नुपर्ने माग उनले गरेका छन् ।
उनले देशभरका सबै व्यवसायीसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासंघको ६० औं वार्षिक साधारण सभा एवं अधिवेशनबाट नयाँ टिम निर्वाचित भएको छ ।






















