काठमाडौं । आज एकैदिन तोलामा ७९ सयले सुनको मूल्य घटेको छ ।
हिजो सोमबार तोलको २ लाख ७० हजार पर्ने सुनको मूल्य आज २ लाख ६२ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४५९० रुपैयाँमा झरेको छ ।






















